२०८०, १६ चैत्र शुक्रबार

अपाङ्गताको सवालमा तीन दिने पत्रकारिता

डबली खबर     जेष्ठ २३ २०८० ११:३२

fonij bagamati journalist training in ramechhap nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रामेछाप – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको आयोजनामा अपाङ्गताको सवालमा तीन दिने तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता सम्बन्धी कलम चलाउने पत्रकारहरु र अपाङ्गता भएका पत्रकारहरुलाई तालिम प्रदान गरिएको प्रदेश अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।

समापनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष गजुर्धन राइले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । अध्यक्ष राईले आदिवासी जनजातिहरु मूलधारमा अझै समेट्नु नसकेको बताए । नेपालको सिमान्तकृत र लोपोन्मूख जातिलाई मूलधारमा ल्याउन फोनिज पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।

प्रदेश इन्चार्ज पेमा लामाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको बिषयमा गहन रुममा उठाएर अगाडी बढ्नु पर्ने उनको जोड थियो ।

तालिममा पत्रकार कुमार यात्रुले अपाङ्गता भएका व्यक्तिको सवालमा कानुनी नीतिगत र आचारसंहिताबारे प्रस्तुतिकरण दिएका थिए ।

मन्थलीमा १९ गते २१ गतेसम्म भएको तालिममा बागमती प्रदेशका ९ जिल्लाका ३० जना पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top