+
Search

ताजा अपडेट +

पपुलर +

‘सी’ डिभिजन छनोटमा नुवाकोट युनाइटेड क्वाटरफाईनल प्रवेश

nuwakot united football club
डबली खबर
३ साल अगाडी

विदुर – शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल छनोट प्रतियोगितामा नुवाकोटको नुवाकोट युनाइटेड फुटबल क्लब क्वाटरफाईनलमा पुगेको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको खेलमा युनाईटेडले ईमाडोल युनिटी क्लब (ललितपुर) लाई ४-२ गोल अन्तरले जितेसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

राजकुमार कुमाल (नानू),सन्तोष थापा,शैलेन्द्र थापा मगर, र अजय वाईवालेको समान १/१ गोलको मद्दतले युनाईटेड क्वाटरफाइनलमा पुगेको क्लबका अध्यक्ष राजकुमार कोईरालाले जानकारी दिए ।

नुवाकोट युनाइटेडले छनौट खेलको पहिलो खेलमा च्याम्पियन व्वाईज फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै समूह चरणको स्पष्ट ६ अङ्कको साथ समुहको ‘ओ’ शिर्ष स्थानमा रहँदै क्वाटरफाईनलको यात्रा तय गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित छनौट प्रतियोगितामा नुवाकोट युनाइटेडले आगामी कार्तिक २३ गते समूह ‘एन’का विजेता चित्लाङ फुटबलसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारणको भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ