२०८१, १७ बैशाख सोमबार

सी डिभिजन लिगमा नुवाकोट युनाईटेडले भक्तपुर र ललितपुरसंग खेल्ने

डबली खबर     आश्विन ५ २०७९ ०८:१८

c division league game
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । मङ्गलबार अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो ।

असोज ६ गतेदेखि उपत्यकाका सुरु हुने छनौट खेलमा ६० वटा क्लबलाई २० वटा समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ वटा क्लब छन् । तालिकाअनुसार एक क्लबले २ खेल खेल्नेछन् ।

जसअन्तर्गत समुह ‘ओ’ मा नुवाकोट युनाइटेड फुटबल क्लबले च्याम्पियन व्वाईज फुटबल क्लब (भक्तपुर) र इमाडोल युनिटि क्लब (ललितपुर) सँग चरण खेल खेल्नेछन् ।

कात्तिक २४ गते समापन हुने लिगमा नकआउट चरणमा पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिने र समूहका विजेता दुई टोली ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।

छनोट हुने दुई टोलीबीच उपाधिका लागि फाइनल भिडन्त गराइले एन्फाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top