२०७९, २६ श्रावण बिहीबार

अल्झन “प्रहरी चेकजाँच” गिज्याँईको संज्ञा

चुडामणि भट्टराई     श्रावण १० २०७९ ०८:५२

chudamani bhattarai
Diyo Pathshala Montessori


म उत्तरगया गाउँपालिका शिक्षा शाखा रसुवामा कार्यरत कर्मचारी हुँ । मेरो बसाई विदुर नगरपालिका वडा नम्बर ४, विदुरमा हो । म दैनिक करिब १२ किलोमिटरको बाटो मोटरसाईकल चढेर नियमित कार्यालय ‍ओहोरदोहोर गर्दछु । जुन गल्छी–मैलुङ–स्याफ्रुबेशी-रसुवागढीमार्ग अन्तर्गत पर्ने घरदेखि कार्यालयको बाटोको समयावधि सामान्यतया १२ मिनेट हो । तर आजकल मलाई झण्डै आधा घण्टा लाग्ने गरेको र सो हुनुको कारण दुई स्थानमा प्राय: जसो र एक स्थानमा थप कहिलेकाहीँ गरी तीन फरकफरक स्थानमा हुने गरेको प्रहरी छड्के चेकजाँच हो । करिब ५०० मिटर गुडेपछी विदुर नगरपालिका गेट अगाडी पहिलो चेकिङ हुन्छ । दोस्रो चेकिङ हुने विदुरबाट करिब ४ कि.मि. टाढा रहेको त्रिशुली-बेत्रावती सडकखण्डको २ नं पुल छेउमा कहिलेकाहीँ त कागजात देखाउन लाईन नै बस्नुपर्ने बाध्यता हुन्छ ।

यसैगरी बेत्रावती रसुवाको नजिकै नौबिसे फाँटमा समेत तेस्रो चेकजाँच हुन्छ । दोस्रो चेकपछिको यो स्थान ४ किमि टाढा रहेको छ । यद्यपी मलाई चेकजाँच पछि ‘धन्यवाद’ मात्रै भन्दैन प्रहरीले ‘यात्रा शुभ रहोस्’ समेत भन्ने गरेको चाँहि छ । अब त मलाई कार्यालय आउने जाने १२ मिनेटको समयलाई बढाएर बाटोमा प्रहरी चेक जाँच गर्ने समय समेत थप गरी आधा घण्टा बनाउनुपर्ने अवस्था आएको छ ।

ऐन, कानुन अनुसार प्रहरीद्वारा सवारी चेकजाँच हुनु र चालकको योग्यता भए नभएको निगरानी गर्नु राम्रो कुरा हो । तिब्र गतिमा सवारी साधन चलाउनु, अनुमति पत्र नभएका चालकले सवारी हाँक्नु र सवारी साधन राम्रो अवस्थामा नहुनुले पनि सवारी दुर्घटना दिन प्रतिदिन बढ्दै गएको र थप दुर्घटना निम्त्याइरहेको छ । अझै समयमै सवारी कर नतिर्नाले राज्यले सवारी कर मार्फत तोकिएको राजस्व लक्ष्य एकातिर पुरा हुन सकेको छैन भने अर्कोतिर थप जरिमाना पर्ने कारण सवारी धनीलाई आर्थिक बोझ थपिन पुगेकै छ । तथापी प्रहरी चेकजाँचलाई आधुनिक प्रविधिमैत्री र नागरिकमैत्री अझै बनाउँदै लैजानुपर्ने हुन्छ ।

यसरी “सवारी चेकजाँच”को शव्दमात्र बोकेर यसको अर्थ र मर्यादाको बिपरीत हुने गरी यत्रतत्र केहि स्व:उद्देश्य प्राप्तिका लागि गरिएको अल्झनले नागरिकमा निराशा समेत छाएको छ । आज कारबाहिमा परी जरिवाना तिरेका नागरिक त्यसको गहिराईमा पुगि पुन:जरिवानामा नपर्ने बाचा गरी आवश्यक कार्य गर्नुको साटो आफुलाई आवश्यक खर्चमा रु.१०००/- थप लिई हिड्ने सोचाईले चेकजाँचको उपलब्धिलाई गिज्याइरहेको भएतापनि सरोकारवाला निकायले जरिवाना बापत उठेको रकमको जोड घटाउमा मात्र व्यस्त नभई नयाँ सोच र प्रविधिका साथ कानुन कार्यान्वयनमा गति लिनु पर्नेछ । अन्यथा इमान्दार र समयको सेकेन्डमा आवश्यकता महसुश भएको आफ्नो दैनिक कार्यतालिका निर्माण गरी योजनाबद्ध तरिकाले लागिपर्ने कर्मशील व्यक्तिलाई अल्झाउने र सवारी चालक अनुमति पत्र नभएका (सवारी हाँक्न नजान्ने भनिएका ) तर रु १००० तिरेपछी ३ सेकेण्डमा सवारी हाँक्न जान्ने हुने सोचाईले प्रशंसा पाइरहने छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top