२०८१, १३ बैशाख बिहीबार

गुप्तेश्वरगुफाको अविस्मरणीय पदयात्रा

श्रीराम श्रेष्ठ     श्रावण २ २०७९ ११:२७


gupteshwor mahadev nuwakot likhu shreeram shrestha

गर्मी ह्वात्तै बढेको छ । २०७७ साल चैत्र १५ गते । बिहानीेको समयसँगै गाँसिएका छौँ हामी मानव जाति । उज्यालो शुभ सङ्केत हो । सकारात्मक सोच राख्नेहरू सदैव सफल र सुखी रहन्छन् । लोभ, लालच, पाप र घृणादेखि टाढा रहनेहरू समाज परिवर्तनका संवाहक हुन् । आचारण शुद्ध राख्नका लागि आआफ्नो जिम्मेवारी र कर्तव्यबोध गर्नु जरुरी छ । मान्छेको भाग्य उज्यालो र अँध्यारोले बेरिएको हुन्छ । अँध्यारोमा शान्त हुनु र उज्यालोमा चलयमान हुन खोज्नु स्वाभाविकै हो । तसर्थ उज्यालोलाई पछ्याउने क्रममा नुवाकोट साहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित नुवाकोटको बट्टारदेखि लिखु गाउँपालिकाको गुप्तेश्वर गुफासम्मको पैदल यात्रामा सहभागिता जनाउन उल्लासमय छन् मनहरू । एक घण्टा जतिको पर्खाइमा जम्मा मात्र हुन खोजेका थियौँ, चारैतिर तुवाँलोले ढाकिदिँंदा पानी पर्न गई कार्यक्रम नै बिथोल्ने हो कि भन्ने आशङ्का उब्जेको थियो । तर समयले साथ दियो । अँध्यारो हट्दै उज्यालोको आगमन भयो । हामी खुसी भयौँ ।

सहभागीमध्ये जेष्ठ नागरिक रामवृmष्ण भट्टलाई अघि बढाएर पदयात्राको शुभारम्भ ग¥याँै । पासाङ ल्हमु राजमार्गलाई पछ्याउँदै गंँगटे बजारबाट सेरातर्फ लाग्याँै । छहरे–गंँगटे मोटरबाटोमा कुदेका छन्– मोटरहरू । कच्ची बाटो हुनाले धुलो उडेको छ कुहिरीमण्डल हुनेगरी । मनमा चिसो पस्नु स्वाभाविकै हो । बर्सेनी मर्मत र संभार गर्नका लागि बजेट विनियोजित हुन्छ तर बाटोको हालत यस्तो छ भन्दै कड्किए बद्रीप्रसाद त्रिपाठी । चासो राख्नु स्वाभाविकै हो तर करायो करायो दक्षिणा हरायो भने जस्तो हो । बजेट रकममा सबैले बाँडिचुँडी खान्छन्, अनि कहाँ विकासले पूर्णता लिन्छन् र ? राजकुमार आचार्यले थपे ।

ढोल्पे खोला । नुवाकोटको धरमपानीदेखि बग्दै आउने खोला । वर्षायाममा पानी परेको बेलामा वेगले बगेको पानीको मुस्लोलाई हेर्दा अनेकन झरनाहरूको झझल्को आउने अनुभूति । स्थानीयहरू नुवाइधुवाइ र पिउने पानीको जोहो गर्न यहाँ आउँथे । तर जनसङ्ख्या वृद्विसँगै यस खोलाको मुहानलाई नियन्त्रणमा लिई घर–घरमा पानी लगेका छन् । स्थानीयलाई अन्यत्र स्थानबाट पिउने पानीको व्यवस्था गरी खोलामा पानी बग्न दिएको खण्डमा बाह्रै महिना बाह्रै काल पानीको मुस्लोसँग स्पर्श गर्ने सुअवसर मिल्ने नै थियो । खेतीयोग्य जमिनमा बालीनालीको हराभरा देखिन्थ्यो । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु मनासिब देखिन्छ ।

कच्ची मोटरबाटो मोटरसाइलको सहायताले हुइँकिएका छौँ आफ्नै रफ्तारमा । माथिल्लो सेराको ओरालो बाटोमा ढुङ्गाका गिट्टीहरू थुप्राका थुप्रा राखिएको हुँदा सवार गर्न कठिन भयो । जसोतसो आइपुग्यो बराहफेदी । पदयात्रामा सहभागिता जनाउने मित्र एवम् गजलकार बद्रीवृन्द गजुरेलजीले आफ्नै घरमा खादा र टीका लगाएर स्वागत गर्नुभयो आत्मीयताका साथ । थालमा चिया र बिस्कुट लिएर आए कृष्णप्रसाद गजुरेल । उहाँ बद्रीवृन्दका पिताजी हुनु हुँदो रहेछ । उमेरले ७४ वर्ष लागेका गजुरेल खेती किसानीमा रमेका छन् र खुर्साने चौरबाट आजभन्दा दुई दशकअघि बसाइँ सराइ गरेका बताउने उहाँले लामो समयदेखि वृmषि पेसालाई अँगाल्न पाउँदा खुसी नै रहेको बताउनु हुन्छ । घरका आँगन छेउछाउका साथै गोठका छानामाथि घाँस जस्ता बिरुवा सुकाएको देखिन्थ्यो । सोधपुछ गर्दा पोटिला कोसा रहेछ । दाल, अचारको रूपमा खान मिल्ने जानकारी मिल्यो । केही साथीहरूले छोडाएर स्वाद चाखे । मुसुरको दाल जस्तै देखिने पोटिला कोसा प्रेसर हुनेहरूका लागि खाँदा फलदायी हुने जानकारी पाइयो ।

पदयात्राका सहभागीहरु

छोटो बसाइको क्रममा दिलबहादुर लामा, श्रीधर पाण्डे, शिवसुन्दर पुडासैनी, रामराजा तिमल्सिना पनि थपिए हाम्रो पदयात्रामा । कार्यक्रमका संयोजक मुकुन्दराज अर्यालले कार्यव्रmमको उद्देश्यमाथि प्रकाश पार्दैै स्थलगत भ्रमण गर्ने व्रmममा रचना सिर्जना गर्न साहित्यिक विधामा भागवण्डा गर्नु भयो । जस्तै: कविता, गीत, गजल, मुक्तक, हाइकु, सिजो यात्रा सस्मरण इत्यादि । सधँैजसो मेरो भागमा पर्यो यात्रा संस्मरण । यात्रा अनुभूतिलाई टिपोट गर्न सुरु गरे नोटबुकमा । मित्र बद्रीवृन्दजीको मिठो आतिथ्यतालाई सम्मान गर्दै पदयात्रालाई तन्काउने काम भयो । सहभागीमध्ये हाम्रा साहित्यिक अभिभावक शम्भुप्रसाद शर्मा र लोकबहादुर पुडासैनी स्वास्थ्य स्थितिका कारणले पदयात्रामा सहभागी हुन नसक्ने जनाउनु भयो । खल्लो महसुस भयो । अर्को वर्षमा सहजता हुने ठाउँमा सहभागिता जनाउने मन राख्दै छुट्टिने र अघि बढ्ने क्रमले निरन्तरता पायो ।

ढिकुरे बजार पुरानो बस्ती । बाक्लो जनघनत्व रहेको ठाउँ । बजारमा किनमेल गर्नेहरूको भिडभाड नै देखिन्थ्यो । विशेषतः ढिकुरेको फाँटहरूमा सिञ्चाइको व्यवस्था भएका कारण अन्नबाली र तरकारी खेती प्रशस्त हुने गर्दछ । जिल्लाका विभिन्न ठाउँका साथै काठमाडौँ स्थित कालीमाटी तरकारी बजारमा दिनहुँ जस्तो बेचबिखनका लागि लाने गरिन्छ । खेती किसानीबाट यहाँका मान्छेहरूले मनग्गे आर्थिक लाभ प्राप्त गर्दै आएका छन् । केही वर्षयता बसाइँ सराइको चापले गर्दा खेतीयोग्य जमिनमा घर निर्माण हुन थालेको छ ।

ढिकुरे बजारकोबीच भागमा ऐतिहासिक पौवा रहेको छ । जुन पौवा मल्लकालीन मानिन्छ । बाटोघाटो र मोटरको सुविधा नभएकोे बेलामा रसुवा, नुवाकोट, धादिङका नागरिकहरू पैदल यात्रा गर्दै काठमाडौँ जाने र आउने व्रmममा यसै पौवामा थकान मेट्ने र रात बिताउने गर्दथे । यद्यपि, २०७२ को भूकम्पले गर्दा खण्डहर बनेको धरोहरको महत्त्व मेटिन लगभग निश्चित रहेको छ । स्थानीय बासीहरूसँगको भलाकुसारीमा यसतर्फ खासै चिन्ता देखिएन । पौवाको पूर्व दिशामा शान्तसँग कलकल बगिरहेकी छिन् तादी नदी । नदीमा दुई ओटा पुल रहेको छ एउटा झोलुङ्गे पुल र अर्को पक्की पुल । पक्की पुल बनिसकेपछि झोलुङ्गे पुलको प्रयोगमा आएको छैन । वि.सं. १९५० को हाराहारीमा चन्द्रशमशेर जङ्गबहादुर राणाको पालामा बनेको हो । राणा शासनका पाँचौं श्री ३ महाराज तथा नेपालका १३ औँं प्रधानमन्त्री थिए चन्द्रशमशेर । झन्डै २८ वर्ष नेपालको प्रधानमन्त्री बनेका उनी चतुर र केही हदसम्म सुधार गर्ने सोचका धनी थिए ।

पक्की पुलको चौडाइ सानो हुनाले दोहोरो रूपमा मोटर सञ्चालनका कठिनाइ भएको छ । पक्की पुलको सामुन्ने दायाँ भित्तामा खोँच जस्तो रहेको छ । बाह्र महिना बाह्रैकालजसो पानीको फोहोरामा बगिरहेको सानो झरना रहेको छ । वर्षायाम भएकाले झरनाको आकार ठुलो हुँदा आकर्षक र रमणीय देखिन्छ । स्थानीयहरू नुवाइ धुवाइका लागि झरनामा बाक्लै भिड देखिन्थ्यो ।

थानसिँग जाने मूल बाटोको दायाँबाट ठाडो उकालो सल्लाघारीको वनसँगै रम्दै रमाउँदै असिनपसिनका साथ डाँडाँगाउँ (गुरुङ गाउँ) अर्थात् स्थानीय आयोजक महेन्द्र लामिछानेको घरमा पुग्यौँ । हल्का थकानलाई मेट्नका लागि घरको आँगनमा पलेटी कसेर बस्यौँ । बस्नका लागि गुन्द्रीको ओछ्याएको थियो । पसिनाले लपक्कै भिजेको शरीर मन्दमन्द बगेको स्वच्छ हावाले सुकायो ज्यानै फूर्तिला र बलियो भएको अनुभूति ग¥यौँ । ठाउँको नाम गुरुङ डाँडा तर थर गुरुङ भएको व्यक्ति कोही पनि भेटिएन । बाहुनक्षेत्रीको बसोबास रहेको रहेछ । कौतुहल लाग्नु स्वाभाविकै हो । परापूर्व कालमा गुरुङ जातिको बसोबास रहेको तर बसाइँ सर्ने व्रmममा अन्यत्र ठाउँमा गएको भन्ने भनाइ बुढापाकाहरूको मत रहको छ । दूरीको हिसावले गृुरुङ गाउँ नजिक रहे तापनि बाटोघाटो र अन्य सुविधाको हिसाबले दुर्गम जस्तै लाग्ने । उच्च ठाउँमा रहेको हुँदा यहाँबाट वारिपरिका दृश्यहरू अवलोकन राम्रोसँग गर्न पाइदो रहेछ । यहाँबाट थानसिङ, चौघडा, खरानिटार, चोकदे, हल्ले, फिकुरी, नुवाकोट दरबार परिसर आदि स्पष्टसँग देख्न सकिने रहेछ । त्यस्तै, गणेश हिमाल, लाङटाङ हिमाल जस्ता हिमालहरूको केही भाग पनि देख्न पाइन्छ । चारैतिर वनजङ्गल हरियाली दृश्य चराचुरुङ्गी मिठो स्वरमा रमाउँदै गर्दा गर्दा दिवाभजनको तयारी भएको जानकारी प्राप्त भयो । आर्गनिक भोजनको स्वाद नै बिछट्टै । थपी थपी खायौँ । भोक मेट्ने गरेर । बिर्सनै नसक्ने गुन्द्रुकको अचार ।

मध्यान्ह बाह्र बजे । पदयात्रालाई अन्तिम रूप दिनु छ । लामबद्ध भएर अगाडि बढ्यौं । बस्तीलाई छाडेर जङ्गलको बाटो भई लम्किरहेको छौँ । उकालो र भिरालो बाटो लडिएला भन्ने डर । सुस्त सुस्त हिँडाइ । गर्मी महिना पसिनाले निथ्रुक्क भएका छौँ । एक हातमा पानीको बोटल र अर्को हातमा टेक्नका लागि लट्ठी । करले होइन रहरले हामी जङ्गल यात्रामा छौँ । जसरी भएपनि जङ्गलाई उछिन्नु छ । यात्रा यथावत छ । जङ्गल डढेलो लागेर कालाम्मे बनेको भिर पाखा । जङ्गलको बीच बीचमा फाटफुट रूपमा घरहरू देखिन्छ । प्रायः जसो घरहरू बन्द रहेको र केही घरमा बसोबास गरेको देखिन्छ । घरहरू अधिकांश पुरानो संरचनाको देखिन्छ । वि.सं. २०७२ को भूकम्पले त्यति क्षति पुगको देखिँदैन । सुनसान रहेको बस्तीमा पनि तस्करहरूले राज चलाएको देखियो । हरियो सालका रुखहरू धेरै मात्रामा काटेर राखेको देखियो । रुख काटेको बारेमा जिज्ञासा राख्दा गाउँलेहरू बोल्न चाहेनन् । नेपालको कानुन भगवानले जानून् भन्ने उखान चरितार्थ भएको महसुस हामीले ग¥याँै ।

खाडी मुलुकमा बालुवामाथि हिँडेको जस्तै गरी डढेलोको खरानी टेक्दै हिँड्याैँ । अलि माथि पुगेपछि डढेलो लाग्नबाट सुरक्षित हरिया घाँसहरू देख्यौँ । बाटोको छेउछेउमा अनौठो किसिमको फल देखियो । टिप्यौँ ओल्टाइ पल्टाइ हे¥याैँ । चिन्न सकिएन । जङ्गलमा घाँस दाउरा गर्न आएका एक मित्रलाई सोध्दा थाहा पायाैँ भुइँकाफल रहेछ । काफलका गेडामा रङ लगाएको जस्तो देखिने । प्रवृmतिको बनोट पनि अचम्मै लाग्ने । भुइँमा हात टेकेर भए पनि एक मुठी भुइँ काफल टिपी खायौँ । नौलो स्वाद । गुलियो, अमिलो टर्राेटर्राे । वनका च्याउखाँदा धेरै मान्छे बितेका छन् । त्यसैले फेला पारेका फल सबै अमृत हुँदैन । विष पनि हुन सक्छ । राजकुमारजीले भने । सबैले थुथु गर्दै पानीले मुख कुल्ला गरियो ।

उकालै उकालो गोसाइँकुण्ड यात्रा गर्दा लौरी बिनाको उकालोको याद आयो । नाकै ठोकिएला जस्तो । लौरोको सहायताले चारपाउ टेकेर अगाडि बढ्नु पर्ने । सुनसान जङ्गल । न्याउली चरी कराइ रहेको छ । एक तरहले विरही भावमा । नेपाली समाजमा न्याउली चरीलाई वीरहको प्रतीक मानिन्छ । न्याउली चरी एउटै रुखमा बसेर कहिल्यै कराउँदैनन् । फरक रुखमा बसेर भिन्न तरिकाले कराउने गर्दछन् । फागुन, चैत र वैशाख उजाड महिनामा न्याउलीको विरही धुन सुनिन्छ । नेपाली लोकगीत र सङ्गीतमा न्याउली चरीको प्रसङ्ग जोडिन्छ । यतिखेर गंगाराम रिजालको गीत याद आयो ।

भाका फेरी गीत गाउनु न्याउली हाम्रो गाउँमा ।
नआउनू हे नचिनेको बिरानो यो ठाउँमा ।।
०००
कोकोले हल्ला गर्छन् न्याउली भाका तान्छन् ।
आफूभन्दा मान्य जनको उनी आज्ञा मान्छन् ।
०००
न्याउली जस्तै मिठो भाका बनाएर गाउनू
पढी लेखी शिरको ताज सजाएर लाउनू ।।

पसिनाले निथ्रुक्क भइएको छ । साथमा लगेको पिउने पानी पनि सकियो । हिँड्दै गर्दा बाटोमा २–३ ओटा घर देखियो । आँगनमा उभिएका थिए घरमूली । यात्राका मित्र दिलबहादुर लामाजीले थकाइ र प्यास मेट्न बसौँ भने । हामी बस्याैँ । पछिपछि आएका साथीहरू पनि जम्मा भयौँ । घरको आँगनमा बस्यौँ । मूलको सफा पानी धारामा बगिरहेको रहेछ । खायौँ धित मार्ने गरेर । त्यस्तो विकट ठाउँमा बसाइँ सरेर आएका रहेछन् हालसालै । गरिबीकै कारणले बजार एरियामा बस्न नसकी पशुपाल र खेती किसानीले जीवन गुजारा गर्न आएका रहेछन् । एक क्षणको बसाइँमा बिष्णुप्रसाद सापकोटा, रामेश्वर गजुरेल, इन्दिरा सिलवालले गजल, गीत र मुक्तक सुनाए । समयले धकेलिसक्यो । पुग्नु छ गन्तव्य स्थलसम्म जानुका दाहाल कराउन थाले । यात्रालाई पुनः जोड्यौँ । यात्रा तय गर्ने क्रममा बाटोमा बिजुलीको तार लच्किरहेको छ । जोखिम देखिन्छ । स्थानीयले बिजुलीको लाइन चोरेर प्रयोग गरेको देखियो । केलाई भन्दा केलाई लाज भनेको जस्तो भयो । आफैमा लज्जित भई नदेखेको जस्तो गरी हिँड्न बाद्य भयाैँ । यात्राको क्रममा अघि, पछि, तल गरी लर्कन छन् पदयात्रीहरू । हिँड्दा हिँड्दै बल्ल आइपुग्यो तरपाई तरपाई बाटो भेटियो सिमेन्टबाट निर्मित सिँडी बाटो । हिँड्नका लागि सजिलो भयो । लिखु गाउँपालिकाको कार्यालयको लागतमा निर्माण भएको रहेछ सिँडी । टाँगिएको साइनबोर्डबाट थाहा पायाैँ ।

निर्माण सम्पन्न सिँडीको नजिक रहेछ । जालपादेवी थान, नागीगढी, निरञ्जना मन्दिर । निरञ्जना मन्दिर कटिछापमा पर्दछ । भूकम्पले भत्केपछि अहिले आधुनिक तरिकाले मन्दिरको निर्माण भएको छ । मन्दिर सानो आकार रहेको छ । मन्दिरमा रहको मूर्तिहरू शिलाद्वारा निर्मित देखिन्छ । मन्दिरमा सप्ताह, शिवरात्री आदि चाडपर्वमा स्थानीय दर्शालुहरूको भिड लाग्ने गर्दो रहेछ । गणेशको सँुड जस्तो भएको पहरो देखियो । जसलाई गणेश पहरो भनिँदो रहेछ । पहरो कडा चट्टानको एक ढिक्काको स्वरूप रहेको अनुमान गर्न सकिन्छ । यस पहरामा पनि सानो गुफा रहको छ । गुफामा चिसो बढी मात्रामा भएकाले जान सकिँदैन । अक्सिजनको कमीले गर्दा होला धेरै बेरसम्म गुफामा बस्न सकिँदैन । यस आसपासमा भूकम्प जानुअगाडि ११ घर रहेका थिए । तर २०७२ को भूकम्प गइसकेपछि सबै घरका परिवारहरू बसाइँ सरी अन्यत्र गएको हुँदा मानववस्ती रहति देखिन्छ त्यस ठाउँ ।

नागी गुफाभन्दा केही नजिक जालपादेवी मन्दिर रहेको छ । खुल्ला स्थानमा रहको मन्दिरमा बाघ, सिंहहरूको मूर्तिहरू रहेका छन् । मन्दिरको बीच भागमा जालपादेवीको मूर्ति पनि रहको छ । चाडवाडको बेलामा मेला भर्नका लागि उल्लेखीय मान्छेहरूको भिड लाग्ने गर्दछ । त्यस्तै जङ्गलको बीचमा पञ्चकन्यामाईको मन्दिर रहेको छ । पञ्चकन्या भगवती पहरामा रहेको छ । गाउँलेहरू जङ्गलमा गई बदमासी गरेको खण्डमा गाउँघरमा बाघहरूले दुःख दिने गरेको सुनिन्छ । भगवतीको पूजाआजा र क्षमायाचना गरेको खण्डमा बाघले दुःख नदिने भन्ने जनविश्वास रहेको छ । यस मन्दिर परिसरमा पूर्णिमाको दिन पूजा आरधना गर्ने चलन छ ।

यस क्षेत्रमा अन्तिम गन्तव्य स्थल भनेको नै गुप्तेश्वर महादेव गुफा नै हो । ठुलो पहरामा अवस्थित गुफामा प्रवेश गर्दा एक्लै एक्लै हिँड्नु पर्ने हुन्छ । गुफाको प्रवेशद्वार सानो छ । अँध्यारो हुनाले टर्च लाइट साथमा लग्नु पर्ने रहेछ । ३० मिटर जति लामो गुफाभित्र महादेवको मूर्ति शिलाद्वारा निर्मित छ । त्रिशूल गाडिएको छ । गुफाबाहिर बाफिलो हावा तर गुफाभित्र अति चिसो अनुभूति । गुफाको भित्ताको आवृmति हेर्दा हात्तीको सुँड र गाईको थुन जस्तो देखिन्छ । गुप्तेश्वर गुफा पत्ता लगाउने व्यक्ति स्थानीय कालु तामाङ हुन् । उनले जङ्गलमा दुम्सी मार्न लखेट्दै जादा दुम्सी ओडारमा पसेको र ओडारभित्र पस्दा गुफा देखिएको रहेछ । गुप्त ठाउँमा रहेको हुँदा गुफाको नामकारण गुप्तेश्वर रहेको हो । गुफा पत्ता २०५७ सालमा लागेको हो । गुफाको शिरमा हरियाली वनजङ्गलले ढाकेको छ । चराचुङ्गीको मिठो आवाजको धुन गुञ्जायमान सनिन्छ । वनजङ्गल गुफाको माथि ठुलो चट्टान र भिरमा रहेको हुँदा हिँड्डुल गर्ने सम्भावना देखिँदैन । वनमा लाली गुराँस, कोइरालाको फूल फुलेको देखिन्छ । वातावरण नै मनमोहक दृश्यले सबैको मन खिच्दछ । उच्च ठाउँमा रहेको हुँदा स्वच्छ हावामा मनलाई स्वतन्त्र छोड्दा मज्जा नै बिछट्टै । यद्यपि, एकान्त र सुनसान परिवेशले अन्ततः मनमा डर उब्जिँदो रहेछ । सहर तथा बजारिया परिवेशमा जीवन गुजारा गर्ने हामीहरू यस्तो स्वर्गतुल्य भूमिमा टेक्न र घुमफिर गर्न पाउँदा साह्रै मन आह्लादमय हुँदो रहेछ । सुनसान जङ्गलमा जङ्गली जनावर भेटिन्छ कि भन्ने डर । तर यात्राको व्रmममा देखिएनन् । घुमफिर गर्दागर्दै दिनको २ः३० बजिसकेछ । पदयात्रामा सहभागी सबैलाई गुफाको फेदमा एकत्रित हुन उर्दी जाहेर भयो आयोजनबाट । लिखु पदयात्राको ब्यानरमा एकत्रित भयाैँ सबैजना । यात्रामा अनुभूत गरेका दृश्यहरूलाई लिपिबद्ध गरी अक्षरखेती गर्न तल्लीन छन् – कवि, लेखकज्यूहरू । एक घण्टाको समय बित्यो । पुनः सबैजना कार्यक्रम स्थलमा नै जम्मा भयौँ ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रामवृmष्ण अमरको सभापतित्वमा कार्यक्रमको औपचारिक कार्यक्रम सञ्चालन भएको थियो । प्रमुख अतिथिको आसनबाट वरिष्ठ समाजसेवी रामवृmष्ण भट्टले पर्यटन प्रवद्र्धनका लागि साहित्य पदयात्रा कोसेढुङ्गा सावित हुने कुरा बताउनु भयो । समाज र देशभित्र चेतनाको वृद्वि गराउनका साथै आमा नागरिकलाई नैतिकवान बनाउनका लागि साहित्यले ठुलो टेवा पुग्ने कुरामा जोड दिनु भयो । शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथै नेपाली साहित्य, संस्वृmति र कलाको चौतर्फी विकासका लागि राज्य गम्भीर हुनु पर्ने कुरा बताउँदै प्रमुख अतिथि भट्टले अगाडि भन्नु भयो— ‘नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाह र अठारपर्व महाभारतका रचियिता महाकवि नरेन्द्रनाथ रिमालको जिल्ला भएका कारण नेपाली राजनीति र नेपाली साहित्यलाई बुझ्न नुवाकोटलाई बुझ्नै पर्ने हुन्छ । ४७ जना सहभागी रहेको साहित्य पदयात्रा कार्यव्रmममा ३० जना कवि÷लेखकहरूले नेपाली साहित्यका विविध विधामा रचना सुनाउनु भएको थियो । प्रतिष्ठानका अध्यक्ष रामवृmष्ण अमरजीले औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियोे । कार्यक्रम सकिँदा साँझको ६ः३० बजिसकेको थियो । हतार हतार, हस्याङ र फस्याङ गर्दै झम्के साँझसँग आत्मीयता जोड्दै ओरालै ओरालो झरी आआफ्ना बासस्थानतर्फ लाग्याैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top