२०८०, १६ चैत्र शुक्रबार

बजार प्रतिनिधि संघ बने उत्कृष्ट अनुशासित समुह

डबली खबर     चैत्र २० २०७८ ०९:२५

marketing futsal team in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सामाजिक संस्था बुद्धिमाया स्मृति संस्थाद्वारा आयोजित कर्पोरेट फुटसल प्रतियोगितामा बजार प्रतिनिधि संघ नुवाकोट उत्कृष्ट अनुशासित समुह घोषित भएका छन् ।

शनिबार भएको प्रथम बुद्धिमाया स्मृति कर्पोरेट फुटसलमा बजार प्रतिनिधि समुहले उत्कृष्ट खेल प्रदर्शन र अनुशासित भएर खेलेकाले उक्त उपाधी प्रदान गरिएको खेल संयोजक तथा संस्थाका सचिव मनिष नगरकोटीले जानकारी दिए ।

नुवाकोट फुटसलको खेलमैदानमा भएको प्रतियोगितामा जिल्लाका १४ व्यवसायिक समूह बीच खेलाईएको थियो ।

एकदिने नकआउट प्रतियोगितामा उक्त समुहले “बी” समुहबाट खेलेका थिए । समुह चरणमा बजार प्रतिनिधिले मोबाईल समुहसँग खेलका थिए । समय अवधिमा दुवै समुहले १/१ गोल गरी बराबरी खेलेका थिए । खेल ट्राइब्रेकरमा पुग्यो । ट्राइब्रेकरमा मोबाइलसँग २-१ को गोल अन्तरले बजार पराजित भए । खेलमा मोबाईल समुह विजयी भए ।

समुहले उत्कृष्ट खेल प्रदर्शन गरेबापत उपाधीको साथै मायाको चिनो प्राप्त गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top