२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा घट्दै कोरोना, एक जना मात्र थपिए, संक्रिय संक्रमित २८

डबली खबर     फाल्गुन १२ २०७८ १७:५२

pcr lab technician of trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित थपिने भन्दा मुक्त हुनेको संख्या बढी छ । पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा एक जना मात्र कोरोना संक्रमित थपिएका हुन् ।

जिल्लाका विदुर नगरपालिकाका एक पुरुषमा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका अन्य ११ वटै पालिकामा संक्रमितको संख्या थपिएको छैन् ।

आज बिहीबारसम्म नुवाकोटमा संक्रिय संक्रमितको २८ मा झरेको छ । कुल संक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा २६ र अस्पतालको आइसियुमा २ जना रहेको कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

पछिलो २४ घण्टामा ४ जना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार ३५८ पुगेको छ । ९ हजार २७८ जना निको भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top