२०८१, १३ बैशाख बिहीबार

माघमा ८८१ जना निको भए, कोरोना संक्रमित ८३५

डबली खबर     माघ २९ २०७८ १९:००

nuwakot district corona meter month of magh
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – माघ महिनाभरमा नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । यस महिना अवधिभरमा ८ सय ८१ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै पहिलो भेरियन्टमा १ हजार १४४ र दोस्रो भेरियन्टमा ८ हजार २५ गरी कुल ९ हजार १६९ जना संक्रमणमुक्त भएका छन् ।

तथ्यांकअनुसार पहिलोसातामा १ जना, दोस्रोमा ६३ जना, तेस्रोमा २८१, चौथोमा ३१० र अन्तिमसातामा २२६ जना संक्रमणमुक्त भएका छन् । पहिलोसातामा कोहि पनि सङ्क्रमित नभएका स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो सातामा २३९ जना, तेस्रोमा ३६१, चौथोमा १३७ र अन्तिमसातामा ९८ जना सङ्क्रमित भएका थिए ।

यस्तै, पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेमा महिला २ र पुरुष २ जना सङ्क्रमित भएका छन् । योसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित बिरामी ९१ रहेको छ । जसमा अस्पतालमा ६ जना उपचारत रहेका छन् भने ८५ जना होमआईसोलेसनमा रहेका छन् ।

covid19 lab of trishuli hospital nuwakot
त्रिशुली अस्पतालको स्वाब प्रयोगशाला | तस्विर: सुनिल श्रेष्ठ

हालसम्म त्रिशुली अस्पतालमा २२ हजार ८३८ वटा स्वाब परीक्षण र एन्टीजेन विधिबाट ५ हजार १९८ जनाको परीक्षण गरिएकोमा ३० हजार ७४५ जनाको परिक्षणमा २१ हजार ४३३ नेगेटिभ आएको थियो। कोरोना भए नभएको चेकजाँचको लागि महिला ११ हजार ५८ जना र पुरुष १९ हजार ८७ जनाले परीक्षण गराएका छन् ।

त्रिशुली अस्पतालमा स्वाब परीक्षण नहुदाँ कोरोनाकालको सुरुवातमा काठमाडौं जिल्लाका राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, वीर अस्पताल, भरतपुर अस्पताल लगायतका स्थानमा परीक्षण गर्न पठाएको थियो ।

अहिलेसम्म नुवाकोटमा ५२ जनाको कोरोनाबाट ज्यान गएको थियो । ९ हजार ३१२ कोरोना सङ्क्रमित पुष्टि भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top