२०८०, १५ चैत्र बिहीबार

नुवाकोटमा थप २० जना निको भए

डबली खबर     माघ २७ २०७८ १३:३४

dabalikhabar omicron covid coronavirus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा २० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९ हजार १३१ पुगेको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोमबार नुवाकोटमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा महिला ८ र पुरुष ७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

योसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ११० जना पुगेको छ । जसमा संक्रमितहरु आईसियुमा २ जना गरी अस्पतालमा ६ जना उपचारत रहेका छन् । साथै होम आइसोलेसनमा १०४ जना रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ९ हजार २९३ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top