२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा थप ४५ जना संक्रमणमुक्त

डबली खबर     माघ २५ २०७८ १५:५१

covid19 lab of trishuli hospital nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा ४५ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९ हजार ८४ पुगेको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोमबार नुवाकोटमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा महिला ३ र पुरुष २ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

योसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या १२२ जना पुगेको छ । जसमा संक्रमितहरु आईसियुमा २ जना, अस्पतालमा १२ जना र कोभिड वार्डमा १० जना उपचारत रहेका छन् । साथै होम आइसोलेसनमा ११० जना रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ९ हजार २५८ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top