२०८१, ८ बैशाख शनिबार

नुवाकोटमा थप ३४ मा कोरोना संक्रमण पुष्टि

डबली खबर     माघ ६ २०७८ १३:०६

covid19 lab of trishuli hospital nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला १९ र पुरुष १५ जना रहेका छन् ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १८ जना र बेलकोटगढी नगरपालिकाका १ जना रहेका छन् । सङ्क्रमित हुनेमा ककनी र तादी गाउँपालिकाका ५/५ जना, लिखु गाउँपालिकाका ४ जना र सुर्यगढीका १ जना रहेका छन् ।

योसँगै जिल्लामा २११ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु आईसियुमा १ जना, अस्पतालमा ५ जना र कोभिड वार्डमा ४ जना उपचारत रहेका छन् । साथै आईसोलेसन सेन्टरमा १ जना र होम आइसोलेसनमा २०५ जना रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ६१० कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top