२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा संक्रमित बढ्दै, थप १८

डबली खबर     पुष ३० २०७८ १२:४०

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला ९ र पुरुष ९ जना रहेका छन् ।

पिसिआर परीक्षणबाट २५ र एन्टीजेनबाट ५२ जनाको कोरोना परीक्षण गरिएकोमा १८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारी जानकारी दिए । सङ्क्रमित हुनेमा विदुर नगरपालिका र शिवपुरी गाउँपालिकाका ८/८ जना, लिखु र तादी गाउँपालिकाका १/१ जना रहेका छन् ।

योसँगै जिल्लामा ३७ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा ३७ जनानै होम आइसोलेसनमा उपचारत रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने ८ हजार ४२७ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top