+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा आज सङ्क्रमित शुन्य

nuwakot coronavirus covid19 update nepal world
डबली खबर
४ साल अगाडी

नुवाकोट – पछिल्लो २४ घण्टामा जिल्लामा सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा पाँचै जनाको निगेटिभ आएको हो ।

जिल्लामा अहिले ८८ जना सक्रिय सङ्क्रमित रहेको छ । हाल पुरुष ५८ जना र महिला ३० जना गरी कुल ८८ जना आईसोलेसनमा रहेका छन् । जसमा अस्पतालमा ११ जना आईसोलेसनमा ५ जना र ७२ जना होम आईसोलेसन रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ४७ जनाले ज्यान गुमाएका छन् भने २७ हजार ४६६ को कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ