२०७९, २१ मंसिर बुधबार

रसुवामा सक्रिय सङ्क्रमित तीन

डबली खबर     आश्विन ७ २०७८ १८:३६

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

रसुवा – हिमाली दुर्गम जिल्ला रसुवामा अहिले सक्रिय सङ्क्रमित तीन जना रहेको छ । स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा दुईजना रहेका छन् । हालसम्म निको हुनेको संख्या १ हजार २९० पुगेको छ ।

कोभिड-१९ बाट गोसाइँकुण्ड गाउँपालिकाका ६५ जना, आमाछोदिंङमोका ८७ जना, कालिकाका २८८ जना, उत्तरगयाका ७८ जना, नौंकुण्डका १३३ जना र जिल्लाबाहिर २५ जना गरी पिसिआर परीक्षणबाट जिल्लामा ६७६ जना सङ्क्रमित भएको तथ्यांक रहेको छ । यस्तै, एन्टीजेन परीक्षणबाट गरिएकोमा ६१९ जना सङ्क्रमित भएको तथ्यांक रहेको छ ।

तथ्यांकअनुसार पिसिआर परीक्षणमा २ हजार ७१३ जना र १ हजार ९१३ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

हालसम्म कोभिड-१९ को कारण जिल्लामा कालिका गाउँपालिकाका दुई जनाले ज्यान गुमाएका छन् ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top