२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा थप ६३ निको, ३५ सङ्क्रमित

डबली खबर     भाद्र १० २०७८ १६:०७

corona update use mask
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा थप ६३ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म ७ हजार ४०२ जना कोरोनारोगबाट निको भएका छन् ।

स्वास्थ्य कार्यालयको अनुसार बिहिबार पुरुष २० जना र महिला १५ जना गरी ३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७३ रहेको छ ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकामा २१ जना, शिवपुरीका ८ जना, म्यागङका ३ जना, बेलकोटगढीका २ जना र लिखुका १ जना गरी ३५ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ८१९ जना पुगेको छ भने ४४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top