२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

संक्रमितलाई पोषण झोला प्रदान

डबली खबर     भाद्र १ २०७८ २१:३४

Suhaara
pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ९ क्षेत्रमा रहेका कोरोनाभाइरस संक्रमितलाई पोषण झोला प्रदान गरिएको छ ।

वडाध्यक्ष शनि चित्रकारकाअनुसार कोरोनाभाइरस संक्रमण भएको अवस्थामा पोषणयुक्त खाना खानु जरुरी रहेकोले वडाले संक्रमितहरुको मनोबल बढाउनको लागि पोषण झोला प्रदान गरिएको छ । पोषण झोलामा गेडागुडी ३ केजी, अण्डा १ क्रेट, डिटोल साबुन ३ वटा र मास्क २ प्याकेट प्रदान रहेका छन् । एउटा घरमा १ जना संक्रमित भएको अवस्थामा गेडागुडी २ केजी, डिटोल साबुन २ वटा, अण्डा २० वटा र मास्क १ प्याकेट वितरण गरिएको वडाध्यक्ष चित्रकारले जानकारी दिए ।

सुआहारा परियोजना नुवाकोटको समन्वयमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्नलाई डिही बजारमा टोलस्तरीय कोरोना रोकथाम समितिको सहजिकरणमा पोषण झोला प्रदान गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top