२०७८, ८ आश्विन शुक्रबार

आइतबार ५५ जनाको ज्यान गयो, थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि

डबली खबर     श्रावण २४ २०७८ १६:३८

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – आज आइतबार कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ । यो संगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार २९ जनाको कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ । त्यसैगरी देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेका छन ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित: श्रावण २४ २०७८ १६:३८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top