२०८०, ६ चैत्र मंगलवार

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा विस्तार

डबली खबर     श्रावण २१ २०७८ १७:४७

logo of global ime bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवं धादिङको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २ सय ८० शाखा सञ्जाल सहित २ सय ४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ५७ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top