२०८१, १४ बैशाख शुक्रबार

रोकिएन सङ्क्रमित दर, थप ९२ जनामा सङ्क्रमण पुष्टि

डबली खबर     श्रावण २१ २०७८ १४:२३

corona update nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – कोरोनाको तेस्रो भेरियन्टसँगै डेल्टा प्लस देखिएपछि जोखिम कम गर्न नुवाकोट प्रशासनद्वारा साउन ३२ गतेसम्मको लागि आठौँ पटकको निषेधाज्ञा थप गरेको छ ।

दैनिक रुपमा नयाँ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन भने मन्त्री, जनप्रतिनिधि, राजनैतिक दल, बैंक तथा वित्तीय संस्था, व्यवसायी, आमनागरिकलगायतले निषेधाज्ञालाई खिल्ली उडाउदै हिंडिरहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टमा ९२ जना कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेमा पुरुष ४० जना र महिला ५२ जना रहेका छन । स्वास्थ्य कार्यालयको अनुसार पिसिआर ९७ जना र एन्टीजेन ९५ गरी कुल १९२ जनाको कोरोना परीक्षण गरिएकोमा ९२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५७६ पुगेको छ ।

तथ्यांकअनुसार विदुर नगरपालिकामा २६ जना, बेलकोटगढी नगरपालिकामा ५ जना, ककनी गाउँपालिकाका ११ जना, सुर्यगढीका २ जना, लिखुका ५ जना, शिवपुरीका १ जना, किस्पाङ ३ जना र तारकेश्वरका ३७ जना गरी ९२ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २९ जना निको भएसँगै अहिलेसम्म ६ हजार ३७८ जना कोरोनारोगबाट निको भएका छन् ।

अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ९९५ जना पुगेको छ भने ४१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top