नुवाकोट – निषेधाज्ञा खुकुलो बनाएसँगै बजारमा चहलपहल बढ्दो अबस्था रहेपछि नुवाकोट उद्योग वाणिज्य संघले “तपाईको मास्क खोई अभियान” सञ्चालन गरेको छ ।
कोरोना संक्रमणको तेश्रो भेरियन्ट देखिएसँगै संक्रमणबाट जोगिने सबभन्दा भरपर्दो र महत्वपूर्ण उपाय मास्कको प्रयोग भएकोले यो अभियान चलाएको संघका द्वितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
सर्वसाधारणले घर वरिपरि, टोल छिमेक र पसलमा सामान खरिद गर्न जाँदा समेत मास्कको प्रयोगलाई वेवास्ता गर्न थाले पछि संघले व्यवसायिक स्थलहरुमा मास्क वितरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
प्रतिक्रिया