२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा थप ५७ सङ्क्रमित

डबली खबर     श्रावण १९ २०७८ १३:४५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टमा ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ पुगेको छ ।

स्वास्थ्य कार्यालयको अनुसार विदुर नगरपालिकामा १४ जना, बेलकोटगढी नगरपालिकामा २ जना, ककनी गाउँपालिकाका ३७ जना, तादी गाउँपालिका र किस्पाङ गाउँपालिकामा २/२ जना गरेर ५७ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ३६ जना सहित अहिलेसम्म ६ हजार २९९ जना कोरोनारोगबाट निको भएका छन् ।

अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ८४८ जना पुगेको छ भने ४१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top