२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा थप ४७ सङ्क्रमित, विदुरमा २०४ र दुप्चेश्वरमा १ सक्रिय सङ्क्रमित

डबली खबर     श्रावण १५ २०७८ १७:०४

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५१८ पुगेको छ ।

स्वास्थ्य कार्यालयको अनुसार विदुर नगरपालिकामा २४ जना, बेलकोटगढी नगरपालिकामा ४ जना, सूर्यगढी र लिखु गाँउपालिकालमा १/१ जना, तादी गाउँपालिकामा ४ जना, तारकेश्वर गाउँपालिकामा ६ जना र किस्पाङ गाउँपालिकामा ७ जना गरेर ४७ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

तथ्यांकअनुसार विदुर नगरपालिकामा २०४, बेलकोटगढीमा ९०, ककनीमा ३९, सुर्यगढ़ीमा १३, लिखुमा १८, शिवपुरीमा १३, पन्चकन्यामा १०, दुप्चेश्वरमा १, तादीमा २४, किस्पाङमा २१, म्यागङमा ८ र तारकेश्वरमा ७७ जना होम आईसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २३ जना सहित अहिलेसम्म ६ हजार १३२ जना कोरोनारोगबाट निको भएका छन् ।

अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ६९१ जना पुगेको छ भने ४१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top