विदुर – नुवाकोटमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै साउन २० गते सम्म लम्बाइएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयुक्त बैठकले आज राति १२ बजेदेखि साउन २० गतेसम्म जिल्लाभर लागुहुने गरी जारी निषेधाज्ञा थप गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
आईतबार बसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैठकले यस अघिदेखि बन्द रहेको शैक्षिक र खेलकुदलाई यथावत राख्दै सबै खालका व्यवसायहरु साँझ ७ बजेसम्म संचालन गर्ने पाउने लगायतको निर्णय गरिएको हो ।
प्रतिक्रिया