२०८१, १३ बैशाख बिहीबार

अब अनलाइनबाटै सञ्चारमाध्यम दर्ता गर्न सकिने

डबली खबर     श्रावण १० २०७८ १६:५०

doib nepal suchan bibhag
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सूचना तथा प्रसारण विभागले अनलाइनमार्फत सञ्चारमाध्यमको अनलाईन प्रमाणपत्र तथा नवीकरण गर्न सकिने व्यवस्था गरेको जनाएको छ। विभागले साउन १० गते सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण गर्न सकिने जनाएको हो।

विभागका शाखा अधिकृत केशवराज शर्माका अनुसार कोभिड-१९ को उच्च जोखिमको समयमा कार्यसम्पादनमा समेत चुस्तता भएकाले विभागको पहलमा अनलाइनमार्फत सेवा प्रवाह सञ्चालन गरिएको जनाएको छ। विधिवत रुपमा अनलाइन दर्ता र नविकरण सेवामार्फत आवेदन दिन र त्यसको स्टाटस भेरिफाइ भए पश्चात मात्र विभागमा सम्पर्क राख्न जानकारी दिएको छ।

यस्तै, प्रेसप्रतिनिधि प्रमाणपत्र जारी, नविकरण, अध्यक्ष, व्यवस्थापक, प्रबन्ध निर्देशक लगायतको निवेदन दिनेदेखि राजश्व तिर्ने लगायत सम्पूर्ण कार्य एकिकृत अनलाइन मार्फत गर्न सकिने छ।

कसरी लिने विभागको अनलाइन सेवा??

प्रक्रिया १: विभागको वेवसाइट www.doinepal.gov.np मा गएर ‘सूचना व्यवस्थापन’ मेनुमा क्लिक गर्नुहोस।

प्रक्रिया २: सूचना व्यवस्थापन प्रणाली खुलेपछि तपाईले लिन चाहेको सेवा छनौट गरी विधिवत रुपमा फाराम र आवश्यक कागजातहरु पेश गर्नुपर्ने छ ।

प्रक्रिया ३: पूर्ण विवरण बुझाएपछि “सब मिसन कोड” दिन्छ । त्यसपछि विभागपछि प्रमाणिकरण भएपछि भुक्तानीको लागि प्रक्रिया अघि बढाउनु पर्नेछ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top