+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा ‘बालमैत्री आइसोलेसन वार्ड’

dupcheshwor child isolation center in nuwakot nepal
डबली खबर
४ साल अगाडी

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाले वडा नं. ६ समुन्द्रटार स्वास्थ्य चौकीमा ‘बालमैत्री आइसोलेसन वार्ड’ स्थापना गरेको छ ।

आधार डेभलपमेण्ट नेपालका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालको पहलमा गाउँपालिकाले १० बेडको सुविधासम्पन्न बालमैत्री आइसोलेसन वार्ड स्थापना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को तेस्रो चरणबाट बालबालिकामा बढी प्रभावित हुने जनाएको अनुरुप गाउँपालिकामा पुर्व सतर्कतासाथ बालमैत्री आइसोलेसन वार्ड स्थापना गरिएको बताए ।

आइसोलेसनक निर्माणको आवश्यक चिकित्सा सामाग्रीकासाथै दुप्चेश्वर गाउँपालिका क्षेत्रमा कार्यरत ९१ जना महिला स्वास्थ्य स्वयम् सेविकाका लागि पीपीई सेट, अक्सिमिटर लगायत आवश्यक सेफ्टी किट समेत उपलब्ध गराएको आधार डेभलपमेण्ट नेपालका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ