२०७८, २६ आश्विन मंगलवार

नेपाली राजदूत अञ्जान शाक्यको पहलमा इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामग्री आईपूग्यो

डबली खबर     असार २४ २०७८ १९:३८

Israel nepal covid equipment
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – इजरायका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोड रुपैयाँको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्’, राजदूत डा शाक्यले भनिन, ‘करिब २० करोड रुपैयाँ मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Trishuli Web Design Services in Nuwakot
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani


Top