२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा थप ३१ जना सङ्क्रमित

डबली खबर     असार २० २०७८ १४:२०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६८८ पुगेको छ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार ६२ जनाको एन्टिजेन परीक्षणमा १७ पुरुष र १४ जना महिलामा संक्रमण देखिएको हो । योसँगै नुवाकोटमा कोरोना भाइरसको संक्रमित सङ्ख्या ५ हजार ५७१ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

तथ्यांकअनुसार जिल्लामा सङ्क्रमित हुने सङ्ख्याको पहिलो चरणमा १ हजार १४५ र दोस्रो चरणमा ४ हजार ४२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप निको हुनेमा ३१ जनानै रहेको छ ।

पहिलो चरणमा जिल्लाबाट नै कोरोना भाइरस परिक्षण गरि संक्रमण पुष्टि भएका मध्ये १ जनाको मृत्यु भएको थियो दोश्रो चरणमा ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top