sujim bazar advert

राप्रपा नुवाकोटद्वारा दुई अक्सिजन कन्सन्ट्रेटर प्रदान

डबली खबर     असार १५, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

raprapa dr prakash chandra lohani provide oxygen concentrator to health post
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले नुवाकोटका दुई स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

मंगलबार राप्रपाका अध्यक्ष पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पहलमा उपलब्ध अक्सिजन कन्सन्ट्रेटर लिखु गाउँपालिकाको थानसिङ स्वास्थ केन्द्र र चौघडा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

कोभिड-१९ महामारीविरुद्ध अग्रणी भागमा खटेका स्वास्थ्यकर्मीहरुको कार्य उल्लेखनीय रहेको र अहिलेको विषम परिस्थितिमा बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित राप्रपा नुवाकोटले उक्त उपकरण र केहि थान मास्क हस्तान्तरण गरिएको राप्रपाका कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले बताए ।

कार्यसम्पादन समिति सदस्य दिपककुमार राइले राप्रपा सदैव जनताको दु:खमा साथ दिदै आइरहेको र यो माहामारिमा पनि राप्रपाले जनताको घरघरमा पुगेर सकेको सहयोग गरिरहेको बताए ।

अक्सिजन कन्सन्ट्रेटरले विद्युत आपूर्ति नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । यस मेसिनको सहयोगले अक्सिजन उत्पादन गरी हाल कोभिड बिरामीहरुको उपचारमा सहज हुने जनाएको छ ।

यसअघि राप्रपाले जिल्ला अस्पताल त्रिशूली र क्षेत्रीय अस्पताल खरानीटारलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top