२०८१, १३ बैशाख बिहीबार

राप्रपा नुवाकोटद्वारा दुई अक्सिजन कन्सन्ट्रेटर प्रदान

डबली खबर     असार १५ २०७८ १२:१२

raprapa dr prakash chandra lohani provide oxygen concentrator to health post
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले नुवाकोटका दुई स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

मंगलबार राप्रपाका अध्यक्ष पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पहलमा उपलब्ध अक्सिजन कन्सन्ट्रेटर लिखु गाउँपालिकाको थानसिङ स्वास्थ केन्द्र र चौघडा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

कोभिड-१९ महामारीविरुद्ध अग्रणी भागमा खटेका स्वास्थ्यकर्मीहरुको कार्य उल्लेखनीय रहेको र अहिलेको विषम परिस्थितिमा बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित राप्रपा नुवाकोटले उक्त उपकरण र केहि थान मास्क हस्तान्तरण गरिएको राप्रपाका कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले बताए ।

कार्यसम्पादन समिति सदस्य दिपककुमार राइले राप्रपा सदैव जनताको दु:खमा साथ दिदै आइरहेको र यो माहामारिमा पनि राप्रपाले जनताको घरघरमा पुगेर सकेको सहयोग गरिरहेको बताए ।

अक्सिजन कन्सन्ट्रेटरले विद्युत आपूर्ति नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । यस मेसिनको सहयोगले अक्सिजन उत्पादन गरी हाल कोभिड बिरामीहरुको उपचारमा सहज हुने जनाएको छ ।

यसअघि राप्रपाले जिल्ला अस्पताल त्रिशूली र क्षेत्रीय अस्पताल खरानीटारलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top