२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोटको १२ वटै स्थानीय तह र त्रिशुली अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

डबली खबर     असार ४ २०७८ ०९:५६

Ministry of Internal Affairs and Law bagamati
pratik book and stationery center in nuwakot

विदुर – बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट नुवाकोटको १२ वटै स्थानिय तह र त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

काेभिड-१९ को राेकथाम उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य कार्यालय नुवाकाेटका प्रमुखकाे व्यवस्थापनमा जिल्लाका १२ वटै स्थानीय तहलाई वितरण गरिएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे, बागमती प्रदेश सांसद द्वय बद्री मैनाली र आशामाया तामाङकाे विशेष पहलमा बागमती प्रदेश सरकार सामाजिक विकास तथा कानुन मन्त्रालयबाट प्राप्त भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा १२ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधहरूलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री पाण्डेले त्रिशुली अस्पताललाई प्रदेश सरकारले उच्च प्राथमितामा राखिएको जानकारी गराए । हाल ५० शय्या रहेको अस्पताललाई यस अघिनै एक सय शय्या बनाउने निर्णय भएकाले त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्था भएको मन्त्री पाण्डेले बताए ।

फोटो: राजु तिवारी

त्रिशुली अस्पताललाई वितरण गरिएको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिन्डर १० थान, ह्याण्ड स्यानिटाईजर ५० लिटर, सुज कभर १०० थान, सर्जिकल क्याप १०० थान, फेसशिल्ड ८०० थान, सेफ्टि गगल्स १०० थान, के एन-९५ माक्स २ हजार थान, पञ्जा ३ हजार थान, सर्जिकल मास्क १० हजार ८०० थान र ग्राउन २०० थान रहेको छ ।

१२ वटै स्थानीय तह र स्वास्थ्य कार्यालयलाई वितरण गरिएको स्वास्थ्य सामग्रीहरुमा मेडिकल ग्राउन ६१८ थान, ,सर्जिल मास्क ९३ हजार ६०० थान, पिपिई १९३ थान, एन्टिजिन ९ हजार १०० थान, सुज कभर ५०६ थान, फेसशिल्ड २ हजार ३८९ थान, ह्यण्ड स्यानिटाईजर १६० लिटर र सेफ्टि गगल्स १ हजार ६८१ थान रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top