२०७८, ८ आश्विन शुक्रबार

पानीजन्य रोगको जोखिम बढ्न सक्छ, सचेतता अपनाउन आग्रह

डबली खबर     असार ४ २०७८ ०६:०६

health and population ministry office
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौँ – वर्षातको समयमा बाढी पहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी पहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरसफाईसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस बाँसको प्रबन्धसँगै सरसफाईमा ध्यान दिन सबैको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिन ध्यानकर्षण गराउँदै मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधी, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रयास गरिरहेको जनाएको छ ।

स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकाय मार्फत आपतकालीन केन्द्रले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ । मन्त्रालयले वर्षायामको शुरुआतसँगै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटीलगायतका जिल्लामा भएको क्षति एवम् सर्वसाधारणको दुःखद निधनले मन्त्रायल स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले विपद्को यो समयमा खोजी तथा प्रभावित व्यक्तिको उद्धारमा सरकारको संयन्त्र परिचालन भएकाले साथ र सहयोगको अपेक्षा गरेको छ ।

प्रकाशित: असार ४ २०७८ ०६:०६

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top