२०७८, २० श्रावण बुधबार

त्रिशुली अस्पताललाई आर्थिक सहयोग

डबली खबर     असार २ २०७८ १७:२३


bidur municipality mayor cash provide to trishuli hospital
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई सातलाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।

बुधबार हेफर ईन्टरनेसनल नेपालमार्फत फाेकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारीबाट नगरपालिकाको काेभिड-१९ नियन्त्रण र व्यवस्थापनकाे लागि विदुर नगरपालिकालाई उक्त रकम हस्तान्तरण गरिएको फाेकस नेपालका कार्यक्रम संयाेजक हेमराज छत्कुल्लीले जानकारी दिए ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुन आएको रकम मेयर सञ्जु पण्डितले त्रिशुली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई संयुक्त हस्तान्तरण गरेका हुन् ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले काेभिड नियन्त्रण, व्यवस्थापन र उपचारकाे लागि अस्पतालले अत्यन्त राम्राे भुमिका खेलेकाे हुदाँ नगरपालिकालाई अन्य संघसंस्थावाट प्राप्त रकम मात्र नभई आफ्नै आन्तरिक स्रोतबाट पनि सहयोग गर्दै आईरहेको बताए ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top