२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा लम्बियो निषेधाज्ञा, असार ८ गतेसम्म थप

डबली खबर     असार १ २०७८ १७:१४

lockdown nuwakot map tws
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज असार १ गतेदेखि जारी गरेको निषेधाज्ञा असार ८ गतेसम्मका लागि थपिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी सूचनामा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा आज राती १२ बजेदेखि असार ८ गते राती १२ बजेसम्म निषेधाज्ञा समय थप गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा एक साताका लागि थप गरिएको जनाएको छ । 

गृह मन्त्रालयका अनुसार नुवाकोट लगायत काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

मनसुन भित्रिएसँगै जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top