२०७८, ८ आश्विन शुक्रबार

१२ वटा अक्सिजन कन्सनट्रेटर वितरण

डबली खबर     असार १ २०७८ १६:१६

Oxygen concentrator provided in Nuwakot district
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर – यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टले नुवाकोटका १२ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटरसहित स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सोमबार ट्रष्टले नेपाल चिकित्सक संघ र डीएम फाउन्डेसनद्वारा प्राप्त कोभिड महामारीको लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।

ट्रस्टका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीका अनुसार ट्रस्टले दुप्चेश्वर गाउँपालिका-२ को पाङ हेल्थपोस्ट, तादी गाउँपालिका-१ को उर्लेनी हेल्थ पोस्ट, सुर्यगढ़ी गाउँपालिका-१ को हल्देकालिका हेल्थपोस्टलाई उक्त सामाग्री वितरण गरेको छ ।

यस्तै, बेलकोटगढी नगरपालिकाका कुमारी, दुईपिपल, जिलिङ, रातमाटे, बेलकोट र मदानपुर हेल्थपोस्टलाई अक्सिजन कन्सनट्रेटरसहित विविध स्वास्थ सामाग्री वितरण वितरण गरेको छ ।

प्रकाशित: असार १ २०७८ १६:१६

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top