२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोटमा उकालो लाग्दै कोरोना ग्राफ, जेष्ठ महिनामा मात्र २६२१ सङ्क्रमित, २०३८ डिस्चार्ज

डबली खबर     जेष्ठ ३१ २०७८ १८:४७

corona infected statistic data of nuwakot jesth month 2
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोटमा  कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार जेष्ठ महिनामा २ हजार ६२१ नयाँ सङ्क्रमित थपिएको छ भने २ हजार ३८ जना निको भएका छन् । यस्तै सङ्क्रमित हुनेमा पुरुष १ हजार ५९० जना र महिला १ हजार ५० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १२६ जनाको नमूना पीसीआर र ५० को एन्टिजेन परीक्षणमा ५० पुरुष र २७ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।

निको हुनेको ग्राफ

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या १ हजार १८६ पुगेको छ। जिल्लाभरका अस्पतालमा ४९, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ८० जना र १ हजार ५० जना होम आईसोलेसनमा रहेका छन् ।

सोमबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १६, दुप्चेश्वर गाउँपालिकाका ३२, लिखु १५, शिवपुरी १३ र ककनी गाउँपालिकाका १ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ४ हजार ५५० पुगेको छ ।

हाल विदुर नपाका २५४, बेलकोटगढीका १०७, ककनीका ७८, सुर्यगढ़ीका ११४, लिखुका ७०, शिवपुरीका ४३, पन्चकन्याका ३६, दुप्चेश्वरका १००, तादीका ७६, किस्पाङका ६०, म्यागङका ४२ र तारकेश्वरका २०६ जना होम आईसोलेसनमा उपचारत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । योसंगै नुवाकोटमा कोरोना सङ्क्रमणबाट ३ हजार ३३२ जना निको भएका छन् ।

हाल जिल्लामा ४११ क्वारेन्टाइन बेड रहेको छ। यस्तै जिल्लामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top