sujim advert

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

डबली खबर     जेष्ठ २८, २०७८

sizen education new intake 2025
ananda Jewellery shop

sunil kumar civil bank ceo
bidur tax consultancy services in nuwakot

काठमाडौँ – सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको ३ सय ४५औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त हुनुभएको हो । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए ।

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ सेवामा प्रवेश गर्नुभएका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैङ्करका रुपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव रहेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top