sujim bazar advert

सिजी कम्युनीकेसन्सको इन्टरनेट सेवा सुरु, ९९९ रुपैयाँमै १२० एमबीपीएस स्पिड पाईने

डबली खबर     जेष्ठ १९, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

cg internet nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सिजी कम्युनीकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुचारु गरेको छ ।

कम्पनीले मंलबारदेखि १ सय २० एमबीपीएस स्पिडको सेवा ललितपुरको जावलाखेल वरपर तत्काल जडान गर्न सकिने गरी सेवा सुचारु गरेको हो । कम्पनीले ९ सय ९९ रुपैयाँमै उक्त स्पिडको इन्टरनेट सेवा प्रदान गर्ने जानकारी दिएको छ । हाल कम्पनीलै व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई उक्त सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

भिडियो, ओटीटी प्लेटर्फम, ‘वर्क फर्म होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर सेवा सुरुवात गरेको कम्पनीको भनाई छ ।

शुरुवातमा हाम्रो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ ।

उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी वेबसाईटमा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने लक्ष्य राखिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ग्राहक सेवा केन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा( जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जानकारी दिएको छ । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिनेछ ।

सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेका छौं । वाषिर्क प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

“दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए ।

उल्लिखित मूल्यमा दूरसञ्चार सेवा शुल्क समावेश रहेको मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने कम्पनीले जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top