२०८१, १४ बैशाख शुक्रबार

धादिङका शैक्षिक धरोहर दाहालको स्वास्थ्यमा क्रमिक सुधार

डबली खबर     जेष्ठ ६ २०७८ ०९:५४

krishna prasad dahal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालका पिता कृष्णप्रसाद दाहाल त्रिशुली अस्पतालको आईसियुमा उपचारत रहेका छन् ।

कोभिड-१९ को संक्रमणपछि अस्पतलामा उपचारत धादिङका शैक्षिक धरोहरका रुपमा परिचित दाहालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

अस्पतालका मेडिकल सुपरिटन्डेन डा. दिपेन्द्र पाण्डेका अनुसार अहिले उनलाई आईसीयुमै राखेर उपचार भइरहेको छ। अक्सिजन तह ९०-९१ को हाराहारीमा आईपुगेको छ। विगत दुई दिनको तुलनामा क्रमिक सुधार हुदैं गईरहेको छ ।

उनको बुहारी कल्पना दाहालले भने “उहाँ बोल्न सक्नु हुन्न, हामीलाई देख्दा आँशु झार्नु हुन्छ । केहि दिन पहिलो यो अवस्थामा समेत हुनुहुन्नथ्यो । अब चाहि स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको महसुश गरेका छौं ।”

उनी त्रिशुली अस्पतालमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालका पिता हुन् । साथै उनी धादिङ जिल्लाको विशिष्ट श्रेणीको पहिलो शिक्षक, नेशनल प्याब्सनका केन्द्रीय सदस्य तथा धादिङका संस्थापक अध्यक्ष र धादिङ बोर्डिङका संस्थापक समेत हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top