नुवाकोट – जापानी मोटरसाइकल कम्पनी सुजुकीको लागि नेपालको आधिकारिक विक्रेता भीजी सुजुकीले नयाँ वर्ष अफर बजारमा ल्याएको छ । कम्पनीले “नयाँ वर्ष बिग हर्ष” नामक नगद छुट अफर आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा नयाँ वर्ष बिग हर्ष योजना ल्याएको हो ।
यहि चैत्र १० गते देखि लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा १० हजार रुपैंयाँ नगद ग्यारेन्टीका साथ क्यास ब्याक पाइनुका साथै मोटरसाइकल एक्सचेन्ज र फाईनान्सको पनि सुविधा रहेको उत्सुक अटोमोबाईल्सका प्रबन्धक सज्जन उत्सुक सापकोटाले जानकारी दिए । जस अन्तर्गत नुवाकोट र रसुवाका ग्राहकले विदुर नगरपालिका वडा नम्बर ४ दम्की बट्टारमा रहेको शोरुममा गएर तुरुन्तै एक्सचेन्ज र फाईनान्स गर्न सक्ने सुविधा रहेको छ ।
कम्पनीली नेपालमा सुजुकी जिक्सर १५०, जिक्सर २५०, इन्ट्रयुडर, हायाते बर्गम्यान स्ट्रिट, एक्सेस जस्ता मोटरसाइकल तथा स्कुटर विक्री गर्दे आएको छ सुजुकीका मोटरसाइकल तथा स्कुटरमा ५ वर्षको वारेन्टि उपलब्ध छ ।
यो योजना नव वर्ष २०७८ लाई मध्यनजर गरि सीमित अवधिका लागि लागू गरिएको कुरा कम्पनीले जनाएको छ । नयाँ डिजाइन र मोडेलका साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।
प्रतिक्रिया