२०८१, १३ बैशाख बिहीबार

सनराईज बैंकको ‘ई–कार्ड’, एक वर्षमा ५०० डलर खर्च गर्न सकिने

डबली खबर     चैत्र १८ २०७७ ११:००

logo of sunrise bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सनराईज बैंकले ई–कार्ड सञ्चालनमा ल्याएको छ ।

नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकको अनुसार सो सुबिधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने छन । सो ई–कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।

आफ्नो कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ । सो ई–कार्ड प्रयोग गरि अनलाइनबाट प्रवाह हुने सुबिधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्ने बैकले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top