२०८१, १९ बैशाख बुधबार

फागुन २३ देखि ज्योति लाइफको आईपीओ बिक्री खुला, ६६ हजार कित्तासम्म आवेदन दिन पाईने

डबली खबर     फाल्गुन १४ २०७७ १२:३८

jyoti life insurance limited share ipo
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २३ गते आइतबारदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपिओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top