२०८१, १३ बैशाख बिहीबार

सुट दरबारको विन्टर प्याकेज, सुटमा शर्ट प्यान्ट फ्री

डबली खबर     पुष २१ २०७७ १८:१२

suit durbar tailoring nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटको सटिङ सुटिङको क्षेत्रमा चर्चित सुट दरबार टेलरिङले पुष १५ गतेदेखि माघ १५ गतेसम्म विन्टर प्याकेज शुरु गरेको छ । ग्राहकको चाहानालाई लक्षित गरी टेलरिङले संगमचोकमा विन्टर प्याकेज शुरु गरेको हो ।

सुट दरबार टेलरिङका सञ्चालक पूर्णमान श्रेष्ठका अनुसार यहि माघ १५ गतेभित्र सुट अर्डर गर्ने १०० भाग्यशाली ग्राहकहरुले शर्ट र प्यान्ट उपहार प्राप्त गर्न सकिने छ । करिब १० हजार देखि २५ हजारसम्म पर्ने सुटअर्डर गर्दा ग्राहक स्वयमले रोजेरै सोहि सुट अनुसार कै सेटमा उक्त उपहार प्राप्त गर्न सकिने जनाएको छ ।

उक्त प्याकेजमा इटालियन, इण्डियन, अस्ट्रेलियन ब्राण्डका सुटहरु अर्डर गर्न सकिने छ ।

एकमहिना अवधिभर जारी रहने प्याकेजमा सुट अर्डर गर्दा ५० प्रतिशत भुक्तानी ग्राहकले बुझाउनुपर्ने छ । शर्तअनुसार सुट अर्डर गरेको सात दिनभित्र होम डेलिभरी समेत गरिदिने उनले बताए ।

टेलरिङले आफ्ना सुट पारखी ग्राहकहरुलाई हलिउडदेखि कलिउडसम्मका डिजाईनमा विवाह तथा पार्टीका सुट पहिरनमा सेवा पुर्याउदै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top