+
Search

ताजा अपडेट +

पपुलर +

अपाङ्गता परिचयपत्र वितरण

disability people identity distribute in Kispang Rural Municipality Nuwakot
डबली खबर
५ साल अगाडी

काहुले, नुवाकोट – किस्पाङ गाउँपालिकाले पाँच दिने घुम्ती शिविर सञ्चालन गरी अपाङ्गता परिचयपत्र वितरणकाे शुरूवात गरेको छ ।

शनिबार वडा नम्बर ५ बाट अपाङ्गता परिचयपत्र वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । जनप्रतिनिधिहरुसहितको समुहले अपाङ्गता भएका व्यक्तिको घरघरमै पुगेर वितरण सुरु गरेको छ । अपाङ्गता भएका अशक्तहरुलाई चेकजाँच गर्नको लागि चिकित्सकसहितको समुह बनाई वडा वडामा वितरणकाे सुरु गरिएको बताए ।

कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीकाअनुसार साविकको महिला तथा बालबालिका कार्यालयबाट लिईएको परिचय पत्र गाउँपालिकामा बुझाई वा घुम्ती शिविरमा बुझाएर मात्र नयाँ परिचयपत्र लिन सकिने छ। परिचयपत्रले सामजिक सुरक्षा भत्ता तथा अन्य कामकाजमा प्रयोग गर्न पाईने भएकोले सम्बन्धित व्यक्तिको उपस्थितीमा अपाङ्गता परिचयपत्र दिईने छ ।

पहिलो दिनको घुम्ती शिविरबाट १५ जनाको अपाङ्गता परिचयपत्र नवीकरण र १७ जनालाई नयाँ कार्ड गरी ३२ जनालाई वितरण गरिएको कार्यपालिकाले जनाएको छ ।

गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण सम्बन्धि सुचना जारी गरेको पत्र

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ