२०८१, १४ बैशाख शुक्रबार

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

डबली खबर     कार्तिक २८ २०७७ २०:११

dr govinda kc nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण  पुष्टि भएको छ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए ।

पिसिआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।  उनलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ ।

उनी गत हप्ता मात्र रसुवा र नुवाकोटका जिल्ला अस्पताल पुगेका थिए ।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।

उनले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top