World Tuberculosis Day 2025
sujim advert

बागमती प्रदेशकि उपसभामुख तामाङले फिर्ता गरिन् गाडी किन्न र निवास बनाउन विनियोजित रकम

    असार ४, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

radhika tamang bagamati province
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

हेटौडा – महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको अर्थतन्त्र पनि डामाडोल अवस्थामा पुगिरहेको बेला बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले जनमुखी निर्णय लिएकी छिन् ।

सवारी सुविधाको लागि नयाँ गाडी किन्न र नयाँ भवन बनाउन छुट्याएको रकम फिर्ता गर्ने निर्णय गर्दै उनले जनप्रिय निर्णय लिएकी हुन् ।

वागमती प्रदेशसभा सचिवालयले उपसभामुख तामाङको लागि नयाँ गाडी किन्न र सडक डिभिजनको कम्पाउन्डभित्र नयाँ भवन बनाउनका निम्ति रकम विनियोजन गरेको थियो । गत २०७६ फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गाडी किन्ने निर्णय गरेको थियो भने भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो ।

‘हाल चढिरहेको गाडी होचो भएका कारण फिल्डमा जान कच्ची सडकमा समस्या भएकोले नयाँ स्कार्पियो गाडी किन्ने निर्णय भएको’ उपसभामुख तामाङले बताए । ‘म लकडाउनको बिचमा पनि तीन पटक विभिन्न जिल्ला र आफ्नो निर्वाचन क्षेत्र पुगें, त्यहाँको अवस्था र देशैभरि कोरोना नियन्त्रणका लागि आवश्यक तयारीमा रहेका अभाव देखेपछि मन बदलियो’ उपसभामुख तामाङले भनिन्  ।

फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री समेत नपुगिरहेको अवस्थामा सरकारको ध्यान त्यता केन्द्रीत होस भनेर हाम्रा समस्या थाती राखेर मैले यो निर्णय गरेकी हूँ । हाल उपसभामुख तामाङले टाटाको स्ट्रोम जीप चढिरहेका छिन् ।

सचिवालयले सभामुख र उपसभामुख निवासमा स्वकिय सचिवालय निर्माणका लागि भनेर ५८ लाख ३० हजार रकम विनियोजन गरेका थिए ।

गत मंसिरमा निर्णय भई इविडिड्ड मार्फत ठेक्का प्रक्रिया बढाउने भनिए तापनि ढिलासुस्ती र लकडाउनका कारण भन्दै सचिवालयले २०७७ जेठ अन्तिम सातामा आएर मात्र निर्माण कार्य अगाडि बढाएका थिए ।

त्यस्तै गाडी खरिदका लागि १ करोड २० लाख विनियोजत भएको थियो ।
सभामुख र उपसभामुखका लागि छुट्टा–छुट्टै सचिवालय भवन बनाउने निर्णय भएता पनि उपसभामुखले नयाँ भवन नवनाउने निर्देशन गरेपछि सभामुख सानुकुमार श्रेष्ठको सचिवालयका लागि मात्र नयाँ ट्रस्टको भवन बनाएको साचिवालयले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top