२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

विदुर नगरपालिकाका ६५ जना अपाङ्गता भएकाहरुलाई खाद्यान्न सहयोग

डबली खबर     जेष्ठ २५ २०७७ ११:१३

food donate to disability people in bidur municipality nuwakot
pratik book and stationery center in nuwakot


नुवाकोट – विदुर नगरपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग उपलब्ध छ ।

लकडाउनका कारण अति समस्यामा परेका नगरपालिकाका १३ वटै वडाका ६५ जना अपाङ्गता भएकाहरुलाई नेपाली काँग्रेस नुवाकोटकी नेतृ गीता अमात्यले अपाङ्ग मानव अधिकार मञ्चसँगको समन्वयमा खाद्यान्न सहयोग गरेकी हुन् ।

यसैक्रममा शनिवार विदुर नगरपालिका वडा नम्वर आठ का ६ जना र वडा नम्वर नौ का ६ जनालाई स्थानीयस्तरमै पुगेर अमात्यले खाद्यान्न सहयोग उपलब्ध गराईन् ।

विदुर नपा वडा नम्वर १३ का वडाध्यक्ष दलबहादुर तमाङ र वडा नम्वर ८ की वडा सदस्य देवकुमारी बिकको रोहवरमा प्रति व्यक्ति एक बोरा चामल, एक किलोग्राम दाल, एक लिटर तेल,एक प्याकेट नुुन, २ प्याकेट साबुन, एक किलोग्राम दालमोठ, एक किलोग्राम च्यूरा, एक किलोग्राम भुजिया, एक किलोग्राम चिनी, एक प्याकेट चियापत्ति र ५ थान मास्कसहितको सहयोग उपलब्ध गराएको अमात्यले बताईन् ।

त्यसक्रममा अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका सचिव लोचन भट्टराईले लकडाउनका कारण अपाङ्गता भएकाहरु अत्यन्त समस्यामा रहेका बेला अमात्यको सहयोग उनीहरुको जीवनयापन सहज बनाउन महत्वपूर्ण सावित हुने बताए ।

१५ सय ७० परिवारलाई राहत वितरण

यस अघि विदुर नगरपालिकाले १५ सय ७० परिवारलाई राहत वितरण गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

विदुर नपामा पाँच करोड ८० लाखको सामाजिक सुरक्षा भत्ता बाँड्यो

विदुर नगरपालिकाले पाँच करोड ८० लाख ९९ हजार बराबरको रकम छ हजार ९४ जनालाई चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनको कारण ढिलाई भएको सामाजिक सुरक्षा भत्ता नगरका १३ वटै वडामा घरदैलो गरि गरेका थिए ।

नगरपालिकाले जेष्ठ नागरिक २ हजार ८ सय ५, दलित जेष्ठ नागरिक ३ सय ७६, असाहय बालबालिका ५ सय ३४, पूर्ण अपाङ्ग भएका एक सय २८, अतिअशक्त एक सय ७० र एकल महिला २ हजार ८१  जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top