sujim advert

अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन

    जेष्ठ १६, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

leading online news portal in Nuwakot
bidur tax consultancy services in nuwakot

काठमाडौं – सरकारले अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल छापा र प्रशारण माध्यमलाई मात्र लोककल्याणकारी तथा सरकारी विज्ञापन उपलब्ध गराइदै आएको छ ।

रेडियो प्रसारण माध्यमहरुको लागि यस वर्षको नविकरण शुल्क मिनाहा, रोयल्टी एक प्रतिशतमा सिमित र यस आव नविकरण छुटेका सबै सञ्चार माध्यमलाई अगामी पौष मसान्तसम्म नविकरण गरे जरिवाना र अन्य शुल्क छुट दिइने भएको छ ।

देशभर रेडियो पाठशाला चलाइने, जातीय एवम् सामाजिक सद्भाव अभिबृद्दी र स्थानीय भाषा र संस्कृतिकाे सम्वर्दनमा याेगदान पुर्याएका स्थानीय प्रसारण माध्यमलाई राज्यकाे तर्फबाट आवश्यक सहयाेग गरिने बजेटमा प्रस्तुत भएको छ ।

आव २०७६/७७ असारमसान्तसम्ममा ७ हजार ७ सय ६८ पत्रपत्रिका दर्ता भएका छन् भने १ हजार ९४ एमएम रेडियोहरुले अनुमति लिएको सूचना तथा प्रसारण विभागले जनाएको छ । यस्तै, १ सय ७४ टेलिभिजन प्रसारणको लागि अनुमति लिएको छ।

देशभर १३ हजार ५ सय पत्रकारहरु रहेको नेपाल पत्रकार महासंघले जनाएको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top