२०८०, २४ जेष्ठ बुधबार

अवैध सालको काठ बरामद

    चैत्र २५ २०७६ ०७:१५

saal kath baramad tarkeshwor
Diyo Pathshala Montessori

विदुर – तारकेश्वर गाउँपालिका-१ को उपल्लो छापस्थित चक्रबहादुर तामाङको फर्निचरमा अवैध सालको काठ खसालिरहेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको टोलीले बा.४.ख ३४७ नं.को आईचर नियन्त्रणमा लिएको छ ।

उक्त आईचरबाट विना टाँचाको अवैध सालको गोलिया २९ थान बरामद काठ गरेकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिएको छ ।

आईचर गाढीलाई आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाईएको छ ।

गाडी चालक तारकेश्वर-१ का निर्मल तामाङ फरार रहेकोले निजको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top