sujim bazar advert

पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

    माघ १९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

पोखरा- पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू सहसचिव होमेन्द्र यादवले जानकारी दिए ।

मेलाको उद्घाटनको मिति अगाडी नै केही कार्यक्रमहरु भने शुरु भइसकेको यादवले बताएका छन् । कुल ४१ वटा विभिन्न कार्यक्रमहरु मध्ये केही तालिमहरु र फोटो प्रतिस्पर्धा शुरु भइसकेको उनले जनाए ।

मेलामा रोवर्ट प्रतियोगिता, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता समेत हुने आयोजकहरुले बताएका छन् । कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा तालिम, कविता कार्यशाला लगायतका तालिमहरु समेत हुनेछन् ।

कार्यक्रमका विभिन्न सत्रहरुलाइ सम्बोधन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, प्राज्ञ रमेश श्रेष्ठ, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, विण्ड पावर नेपालका सिइओ कुशल गुरुङ्ग, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने, पोखरा विश्वविद्यालय साहित्य समाजका संस्थापक अध्यक्ष सुवास मल्ल लगायतको उपस्थिती रहने स्ववियू सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । मेलामा ३५ लाखको खर्च हुने र मेलामा विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागिता जनाउने कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top