sujim bazar advert

“नयाँ नेता खोज्न अब नयाँ नर्सरी खोज्नु पर्छ, रियालिटी शो होइन”: गगन थापा

    मंसिर २९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

gagan thapa pokhara nepal literature festival
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

पोखरा – प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले आउँदो पुस्तामा नयाँ नेताका लागि नयाँ नर्सरी खोज्नु पर्ने बताउनुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलको आइतबार भएको सेसनमा उहाँले भातृ संगठनमात्रै होइन सामाजिक आन्दोलनको नेतृत्व लिएकाहरु पनि राजनीतिक नेतृत्व लिनसक्ने गरी प्रशिक्षण दिन आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रम सञ्चालन गरेका नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले नयाँ नेताहरु उत्पादन गर्ने भातृसंगठनको अधिवेश हुन नसकेकाले अब रियालिटी शोबाटै नयाँ नेता खोज्नु पर्ने दिन आएको हो ? भनि गरेको प्रश्नमा नेता गगनले सो जवाफ दिनुभएको हो ।

चौहानको प्रश्नको जवाफ उहाँले भन्नुभयो, ‘नयाँ नेता खोज्न अब नयाँ नर्सरी खोज्नुपर्छ । समय आफैंले नेता जन्माउँछ । नेता बन्न चाहनेले अवसरलाई लिनसक्नु पर्छ । भातृ संगठनमात्रै होइन अहिले भइरहेका सामाजिक आन्दोलनका नेतृत्व लिएका पनि भविष्यका नेता हुनसक्छन् ।’ पार्टीभित्र विकल्प खोज्नु पर्ने अवस्था आए आफू पछि नहट्ने बताएका उनले संसदको प्रभाशाली प्रतिपक्ष बन्न कांग्रेस सक्षम रहेको जवाफ पनि दिनुभयो ।

कालापानी, लिपुलेक जोगाउनदेखि मुलुकभित्र भएका ठूल्ठूला अनियमितताविरुद्ध आवाज उठाउने उनको प्रतिबद्धता छ । मुलुकको विकास र समृद्धिमा नेताहरुको मात्रै होइन सबै क्षेत्रमा क्रियाशील व्यक्ति र जनताको पनि उत्तिकै भूमिका रहने थापाले बताउनुभयो । शिक्षासँग सम्बन्धित् उदाहरण बारम्बार पेश गरेका उनले राजनीतिक नेतृत्व वा मन्त्रीले मात्रै चाहेर केही नहुने बताउनुभयो । आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

हालसम्म प्राप्त उपलब्धी राजनीतिक संघर्षबाटै प्राप्त भएको भन्दै गगनले हालसम्म केही भएन भन्नु गलत भएको धारणा राख्नुभयो । ‘सबैनेता र हालसम्म भएका सबै राजनीतिक गतिविधि खराब भन्ने वैकल्पिक राजनीतिक शक्ति भन्ने दल र तिनका नेताले देख्नु गलत हो’, थापाले भन्नुभयो । -पाथिभरा न्युज नेटवर्क

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top