सन्जीब राज पाठक
एकाएक औधी हाँसोको लहरहरु सुनियो ।
यसो चिहाएर हेरें ।
साथीहरु फिल्म दृश्यमा हाँसिरहेका रहेछन ।
आफुलाई फिल्ममा त्यति रुची छैन ।
थ्री इडियट, बाहुबली, आशिकी-२ र एक-दुई नेपाली फिल्मबाहेक अरु फिल्महरु हेरेको छैन ।
सोधें, किन हाँसेको?
उत्तर आयो, यस्तै सिन छ, यार ।
म पढिरहेको थिए ।
एकाएक पढ्न मन लागेन र किताब ओछ्यानको कुनातिर अडेस लगायर राखें ।
घडी हेरें ।
घण्टा र मिनेट सुई ठिक ९० डिग्रीको कोण बनाएर हिडीरहेको रहेछन ।
साथीहरुले भने “आइजो फिल्म हेर, खतरा छ ।” तँलाई अहिले सम्मको कथा भनिदिन्छौं । बाँकि भाग हेर भने । मैले सहर्स नाइँ भनि अस्विकार गरें ।
रबिनले त्यसो भए जा चिया बना भन्यो र ब्लायक टि बनांए । उनिहरू तेलगु फिल्ममा मस्त छन ।
म चियाको कप हातमा लिदैं बाहिर बरण्डातिर गए ।
सायद, पुर्णिमाको रात भयकाले होला आकाश पूर्णरुपमा प्राकृतिक दीपले छर्लङ्ग थियो ।
सडक पेटीमा पब्लिक लाईटहरु बलिरहेका थिए । पुरा सहर चकमन्न थियो । सडकमा मानिसहरुको तेती पदचाप थिएन । एक-दुई मापसेहरु गल्लीका कुनातिर हल्लिरहेका देखिन्थे । मध्यरात भएतापनी कुकुरहरुको भुकाइमा भने कमि थिएन ।
म वरीपरीका दृश्यहरु नजरले कैद गरिरहेको थिए । हातमा लिएको चिया सकिएछ र म सुत्ने तरखरमा ओछ्यानतिर लागें ।
पल्टिय ओछ्यानमा, तर निद आएन । मनमा अनेकौं सोचहरु खेलिरहेका थिए । मडारिरहेका थिए, अनेकौं सोचहरु । कुनै राम्रा थिए त, कुनै थिएनन । कसैसंग बोल्न खोजें, कोही देखिन । एक्लै हाँसे, कुनै मजा थिएन ।
दुई वर्षदेखि घर नगएकाले घरपरिवार सम्झिए । जाने बेलामा आमाले छिटै पढाई सकेर आएस भनि लगाइदिएको दहि अक्षताको टिका सम्झिए ।
आँगनको डीलमा मौन बसिरहेका भाई-बहिनि सम्झिए । ठाँटिको चौतारीमा बसी आसिर्बाद दिने गाउँलेहरु सम्झिए । स्वयम्भूमा बस चढ्न लाग्दा बाबुले झारेको आँशु सम्झिए । म रोएँ, बेस्मारी रोएँ । मनहरु तरंगित भए ।
टेबलबाट ल्यापटप निकालेर अन गरे । आफैले दिल्लीमा गाएको गजलको भिडियो हेरें । अनि खोलें फेसबुक । जहाँ केहि नोटिफिकेसनहरु, म्यासेजहरु र एउटा फ्रेण्ड-रिक्वेस्ट थियो ।
पहिला फ्रेण्ड-रिक्वेस्ट चेक गरें । एउटी केटीको रिक्वेस्ट रैछ । नाममा क्लिक गरें । प्रोफाइल चेक गरें । अश्मी चौलागाई, घर गुल्मी, तम्घास । प्रोफाइल चेक गर्दा जवाहरलाल नेहरु विश्व-विधालयमा एम.ए. अध्यनरत देखें । फोटोहरु चेक गरें । स्टाटस सिंगल देखें । अपरिचित मान्छेको फ्रेण्ड-रिक्वेस्टलाई सहर्स स्वीकार गरें ।
रातको साँढे बाह्र बजे धेरै मान्छेहरु निन्द्रामा हुन्छन तर दिल्लीको माहोल अलि बेग्लै छ । जहाँ राति अबेर सुतिन्छ र बिहान ढिला उठिन्छ । उनलाई अनलाइन देखें । तुरुन्त म्यासेज आयो । थ्यानकस फर एसेप्टिंग माई फ्रेण्ड-रिक्वेस्ट भनेर । मैले इट्स ओके भने र सुरु भए सामान्य गफहरु ।
मैले सोधें, कसरी चिन्यौ ?
उनले भनिन, “हजुरका केहि प्रस्तुतिहरु देखेको छु । अत्यन्त राम्रा,मिठास र समय-सान्दर्भिक लाग्छन भनिन ।”
मैले भने मान्छे राम्रो भएसी सोचाइहरु पनि राम्रो हुन्छन रे है भने ।
उनले मान्छे त राम्रो छैन, तर हजुरका प्रस्तुतिहरु मलाई सार्है नै राम्रो लाग्छ भनिन र लेखिन ……..र सोधें अरु !
उनले भनिन, प्रस्तुतिमात्र होइन मान्छे पनि । असमज्यस्तामा परें । के लेखौं भयो र लेखें धन्यवाद !
सधैं जसो हाम्रो कुराकानी हुन थाल्यो ।
कुनै दिन उनी अनलाइन नआउँदा म बिरक्थीनथे र म अनलाइन नआउँदामा उनी फोन गर्थिन र भन्थिन अनलाइन आउनुस न क्या !
म एउटा ब्यस्त सहरमा ब्यस्त जीवन बिताउदै थिए । बिहान उठ्यो, पढ्न गयो, दिउँसो अफिस ,पुन: बेलुका कोचिंग र रातिको नौ बजे बल्ल डेरामा आईपुग्थें । साथीभाई हाँसीमजाक गर्थ्यौं र मिलिजुली बस्थ्यौं ।
भावी जीवनको स्वर्णिम कल्पनाको साथ एउटा ब्यस्त जीवन बिताउन पाउनुमा म धन्य ठान्थे ।
बिदा पाउन आइतबारनै कुर्नुपर्थ्यो तथा सरकारी बिदा त्यति हुदैन्थ्यो । कहिलेकाहीं सार्है नै रीस उठ्थ्यो । हाम्रोमा जस्तो नेपाल बन्द किन हुदैन,यहाँ । यहाँ पनि भारतबन्द भईदे हुन्थ्यो । किन हुदैन यहाँ, हाम्रा जति दिवसहरु । किन कम हुन्छन, यहाँ बिदाहरु । म मन मनै प्रश्नहरु सोध्थे, तर जवाफ केहि आउदैनथ्यो ।
फेसबुक गराएको हाम्रो भेट बिस्तारै फोन हुदै औपचारिक भेटघाट हुन थालिसकेको थियो । बिदाका दिनहरुमा संगै बस्ने, घुम्ने, चियाकफीहरु खाने क्रमहरु बाक्लिदै थियो । कहिले लोटस टेम्पल त कहिले अक्षयराधाम, कहिले पालिका बजार त कहिले राजघाटतिर जान थाली सकेका थियौं । सम्बन्धहरु यति घनिष्ट बनिसकेका थिए, कि उनी कोठामा कोहि नभए मलाई बोलाउनु समेत भन्थिन । तर म नेपालि संस्कारमा हुर्कियको पुरुष नारी सम्मानलाई बिशेस जोड दिन्थें । बिस्तारै साथीहरुले हाम्रो सम्बन्धको बारेमा जानकारी पाएछन र भने प्रपोज गरिस त । मैले नाइँ छैन भने ।
किन त ? उनीहरुले प्रश्न गरें ।
मैले भने “प्रपोजनै गर्नु पर्छ र ?” उनीहरुले पर्छ भने । मैले, म गर्दिन, भने । रिक्वेस्ट उतैबाट आको छ सायद प्रपोजनि उतै बाट आउछ कि ।
म प्रपोज गर्न खोज्थे तर उनको अगाडी ति सब्दहरु कसैगरी फुर्दैनथे । यति निकटमा बितिसकेको हाम्रो सम्बन्ध जब प्रपोजमा पुग्थ्यो, तब म पानीपानी हुन्थे । लाग्थ्यो म कम्जोर पुरुष! तर कहाँ कम्जोर थिएँ र । एउटा बलबान पुरुषको पुरुषार्थको मापन म त्यति खेर गर्थे, जव म उनको अगाडी त्यस बारेमा एउटा सब्द पनि फुराउन सक्दैनथे ।
महिना फेब्रुअरी थियो ।
शहर भ्यालेन टाईम डेको गिफ्ट र ध्वजापताकाले रंगिरहेको थियो ।
पटाकाहरु पड्किरहेका थिए ।
युवा युवतीहरु आफ्नो प्रेम बिभिन्न पार्कहरुमा पोखिरहेका देखिन्थे ।
मैले पनि यो भ्यालेनटाईम डे स्पेसल बनाउने निधो गरें । साथीहरुले यो अवसरलाई नछोड भनेर उक्साउथे र प्रपोज गर्ने निधो गरें ।
१३ फेब्रुअरी ,२०१५ को दिन पनि सदाझै हाम्रो गफगाफ सुरु भयो र प्रसंग भ्यालेन टाईम डे को नै थियो ।
ततपश्चात मैले एउटा कुरा सोधौ भने । उनले जाबो एउटा कुरा सोध्न नि अनुमति लिनु पर्छ र सोध्नुस भनिन । मैले फेरी रिसाउन मिल्दैन नि भनें । उनले रिसाउन्न हो भनिन । रातको साढ़े १० बजे फेसबुकको म्यासेज बक्समा “आई लव यु सो मच” लेखें ।
म्यासेज सिन भयो तर रिप्लाई आएन । म तरंगित भए । एकछिनमा उनी अफलाइन भईन । म म्यासेजको रिप्लाईको प्रतिक्षामा रहें, तर रातको १२ बजे सम्म रिप्लाई आएन । फोन गरें, फोन उठेन । मोबाइलबाट सरि लेखि म्यासेज गरे । त्यसको नि रिप्लाई आएन । म एकछिन अनलाइन ढिलो आउँदा छिटो आउनुस न भन्ने उनी आज एकाएक अफलाइन भईन ।
एक निमेशमा म्यासेजको रिप्लाई गर्ने उनको, आज यत्रो समयसम्म रिप्लाई आएन । मनहरु भाउन्न भए । टाउको दुखेर आयो । बाहिर हेरें । सहर पूर्ण रुपमा सुनसान थियो । ल्यापटप बन्द गरें र सुतें, तर निन्द्रा आएन । मनहरु आपसमा कुराकानी गरिरहेको थियो, बिगतहरु सम्झिरहेको थिएँ । कतै गल्ति पो गरें कि भनि आत्मग्लानी भयो र रातको २ बजे पुन: ल्यापटप खोलें ।
फेसबुकको न्युजफिडमा एउटा इस्टाटस देखें जुन उनले राखेकी थिइन ।
माफ मैले कहाँ पाउथें र सानु तिमीलाई घात भयो
त्यति धेरै माया दिदाँ, यो दुखिलाई मात भयो ।
झुटाकसम त्यसै खादाँ यो मन आज रोइराछ
झलमल्ल जुन लागे नि अन्धकारको रात भयो ।।
इस्टाटस पढें, कयौं पल्ट पढें । कमेन्ट गर्ने खोजें, केहि आएन।
आखाँमा आँशुहरु टिलपिल भरिए ।
सिरकको खोलले आँशु पुछें ।
मनमा सन्नाटा भरिए र सो इस्ताट्स बन्द गरें।
लगत्तै फेसबुकको म्यासेज बक्समा एउटा म्यासेज देखियो ।
जहाँ लेखिएको थियो, “सरि आई अलरेडी आई ह्याभ अ ब्याईफ्रेण्ड!”
पञ्चकन्या गाउँपालिका-५ (भद्रुटार), नुवाकोट
(लेख्दै गरेको उपन्यास “यात्रा जिन्दगीको” को एक परिच्छेद)

प्रतिक्रिया